समय : ०८:२५ am | बिहिबार , चैत्र ५ गते २०८२

माण्डबीमा सिभिलको एटिएम सेवा सुरु

स्वर्गद्वारी अपडेट | श्रावण २२ गते २०७९
लव कुमार अधिकारी,जस्पुर प्यूठान । सिभिल बैङक लिमिटेड माण्डबी शाखा जस्पुर प्यूठानले एटिएम सेवाको सुरुवात गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि माण्डबी गाउपालिकाका अध्यक्ष नमराज अधिकारीले एटिएम सेवाको सुभारम्भ गरेका हुन । ग्राहकहरुको बढदो मागलाई मध्यनजर गर्र्दै एटिएम सेवाको बिस्तार गरिएको सिभिल बैङक माण्डबी शाखाका म्यानेजर राजु खरेलले बताएका छन । यो सेवा पहिले नै सञ्चालन गर्ने तयारी भएतापनि प्राबिधिक कारणले केहि ढिला हुन पुगेको म्यानेजर खरेलको भनाई छ । माण्डबी गाउपालिकामा यस एटिएम सेवा पहिलो हो । देशभर ११५ शाखाबाट सेवा प्रदान गर्दै आएको सिभिल बैङको जिल्लामा विजुवार र माण्डबी गाउपालिकाको जस्परमा गरि २ वटा शाखा रहेका छन । ४ बर्ष अघि माण्डबी गाउपालिकामा शाखा बिस्तार भएको बैङमा करिब ८ हजार ग्राहक सङख्या रहेको म्यानेजर खरेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस्