प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते
अनुज पछाई,प्यूठान । प्यूठानमा मोटरसाइकल दुर्घटना हुदा एक जना गम्भिर घाइते भएका छन । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ लामाचौरमा ग ९ प १५६ नम्बरका मोटरसाइकल दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का ३७ वर्षीय थम बहादुर सुनार गम्भीर घाइते भएका छन ।
दुर्घटना परि टाउको र अनुहारमा चोट र शरीरमा पनि केही चोट लागेको छ । घाइते सुनारलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी जिल्ला अस्पताल प्यूठानमा ल्याइएको छ ।








