समय : ०६:५४ am | बिहिबार , चैत्र ५ गते २०८२

माण्डबी ३ मा घरदैलोबाटै स्वास्थ्य जाच गरिने

स्वर्गद्वारी अपडेट | श्रावण १८ गते २०७९
अनुज पछाई, प्यूठान । जिल्लाको माण्डबी गाउपालिका वडा नं. ३ ले नागरिकको हितको लागी अर्काे महत्वपूर्ण निर्णय गरेको छ । यस अघि जिल्लामै सबैभन्दा पहिले घरदैलोबाट नै सेवा प्रदान गर्ने निर्णय गरेको वडाले यस पटक अपाङगता तथा दीर्घरोगीहरुको ब्यक्तिहरुका लागी विशेष सेवा प्रदान गर्ने भएको छ । वडाभित्र रहेका पूर्ण अपाङगता भएका ब्यक्ति तथा दीर्घरोगीहरुका लागी देविस्थान स्वास्थ्य चौकी मार्फत महिनाको एक पटक सम्बन्धित ब्यक्तिको घरबाट नै स्वास्थ्य जाच गर्ने निर्णय गरेको वडा अध्यक्ष धनेन्द्र कार्कीले बताएका छन । वडामा पूर्ण अपाङगता भएका ब्यक्तिहरु ९ जना रहेका छन ।

यो पनि पढ्नुहोस्