समय : ०४:३५ pm | बुधबार , माघ २३ गते २०८१

प्यूठानमा वडा अध्यक्षका उम्मेदवारलाई जबर्जस्ती करणीको आरोप

स्वर्गद्वारी अपडेट | श्रावण १४ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानका एक ब्यक्तिलाई जवरजस्ति करणीको आरोप लागेको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ खोलाखर्क प्यूठानका ५८ वर्षीय रविलाल खनालमाथी स्थानीय महिलालाई जबर्जस्ती करणीको आरोप लागेको हो । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ डाडाखर्क निवासी करिब ४६ वर्षीय महिलामाथी जबर्जस्ती करणी गरेको आरोपमा स्थानिय तह निर्वाचन २०७९ मा वडा अध्यक्षका उम्मेदबार समेत रहेका खनालमाथी उक्त आरोप लागेको हो । पिडित महिलाले जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएको परिवारले बताएको छ । घटना घटेपछि गाउँमा छलफल भएको तर कुरा नमिलेपछि पीडित पक्ष इलाका प्रहरी कार्यालय भिङ्ग्री हुँदै जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका हुन । अहिले पिडक खनाल सम्पर्क विहिन रहेका छन । स्थानीय तहको निर्वाचनमा स्वर्गद्वारी नगरपालिकामा नेपाली कांग्रेस , नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए । आरोपित रबिलाल खनाल स्थानीय निर्वाचनको समयमा नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेर नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्