समय : ०४:०५ am | बिहिबार , चैत्र ४ गते २०८२

साउदी गएका प्यूठानका बलबहादुर बाकसमा फर्किए

स्वर्गद्वारी अपडेट | श्रावण १२ गते २०७९
अनुज पछाई, प्यूठान । साउदी अरेबियमा ज्यान गुमाएका प्यूठानका एक युवाकोे शव ४२ दिनपछि घर ल्याइएको छ । साउदी अरेबियमा बैदेशिक रोजगारिको सिलसिलामा गएका प्यूठान झिमरुक गाउपालिका वडा नं. ८ का करिब ३६ बर्षिया बल बहादुर सामतको आफु बस्दै आएको कोठामा मृत्यु भएको थियो । निधन भएको ४२ दिनपछि सामतको सव प्यूठानमा ल्याइ मङगलबार झिमरुक खोलमा दाहसंस्कार गरिएको छ । बल बहादुरको जेठ ३० गते साउदि अरेबियामा मृत्यु भएको थियो । राति साथीहरुसंग कुरा गरेर सुतेका उनको शव अर्काे दिन बिहान आफुले प्रयोग गरेको तन्नाले घाटीमा पासो लगाएर भुुण्डिएको अबस्थामा फेला परेको थियो । उनि ९ महिना अगाडी साउदि अरव गएका थिए । उनका श्रीमति सीता सार्की र २ दाजुभाई छोराहरु रहेका छन ।

यो पनि पढ्नुहोस्