समय : ०४:०७ am | बिहिबार , चैत्र ४ गते २०८२

जिल्लाकै ठूलो लुङको देवाली यस बर्ष हुने

स्वर्गद्वारी अपडेट | श्रावण १२ गते २०७९
अनुज पछाई,प्यूठान । जिल्लाकै सबैभन्दा ठूलो देवालीको रुपमा मानिने लुङको देवाली यस बर्ष हुने भएको छ । प्रत्यक ५ बर्षको फरकमा सञ्चालन हुदै आएको रिजाल बन्धुहरुको कुल पुजा (देवाली) गत बर्ष हुनुपर्नेमा कोरोनाको कारण रोकिएको थियो । २०७३ सालमा भएको देवाली ६ बर्षपछि यस बर्षको मङसिर १५ गते हुने भएको छ । बिहिबार भएको रिजाल बन्धुहरुको गोठे औसी पुजाको अबसरमा मङसिर १५ गतेको मिति तय गरेको छ । देवाली नौबहिनी गाउपालिका वडा नं. ६ को लुङ मन्दिरमा हुने गर्दछ । देशभरबाट हजारौ दर्शनार्थीको उपस्थितिमा हुने देवालीमा करिब ३० हजार भन्दा बोकाको बलि दिने गरिन्छ ।

यो पनि पढ्नुहोस्