प्यूठानमा सबैभन्दा बढी जिपिए मनसुन पाण्डेको
अनुज पछाई, प्यूठान । जिल्लामा सबैभन्दा बढी जिपिए कालिका आवासिय इङलिस बोर्डिङ स्कुलमा अध्यनरत छात्रा मनसुन पाण्डेको आएको छ । उनले ४ जिपिए प्राप्त गर्न सफल भएकी हुन । त्यस्तै दोस्रोमा लोक चेतन इङलिस बोर्डिङ स्कुलका बिसका रिजालले ३.९० जिपिए प्राप्त गर्न सफल भएका छन ।
त्यस्तै प्यूठान भ्याली एकेडेमिका योगेश भण्डारीले ३ं.८५ जिपिए ल्याउन सफल भएका छन । बुधबार सार्बजनिक भएको एसइइ परीक्षामा प्यूठानबाट ४ हजार २०६ जना बिद्यार्थी परीक्षामा सहभागी भएका थिए ।








