समय : ०४:०८ am | बिहिबार , चैत्र ४ गते २०८२

प्यूठानमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण ११ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानमा गत आर्थिक वर्ष २०७८÷०७९ मा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका अनुसार बितेको आर्थिक वर्ष २०७८÷०७९ मा २३ वटा सवारी दुर्घटना भएका थिए । जसमध्य १३ जना पुरुष, ५ महिला, ५ जना बालक गरि २४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रंहरी कार्यालय प्यूठानका प्रमुख चन्द्र केसीले बताएका छन । त्यस्तै गम्भीर घाइते हुनेमा २३ जना र सामान्य घाइते ४३ जना रहेका छन । जिल्लाका विभिन्न स्थानमा गत वर्ष भदौ महिनामा १ बस र २ मोटरसाइकल गरि ३ सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको थियो । त्यस्तै असोज महिनामा एक बस र एक टिप्पर दुर्घटना हुदा २ जनाको मृत्यु भएको थियो । कार्तिक महिनामा एउटा बस,एउटा जीप र ३ वटा मोटरसाइकल दुर्घटना हुदा २ जना, मङसिरमा एक टिप्पर र एक टेम्पो गरि २ जना, माघमा एउटा मोटरसाइकल ,एउटा जीप र एउटा मोटरसाइकल गरि ३ जना ,फागुनमा एउटा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानको तथ्याङकमा उल्लेख गरिएको छ । त्यस्तै चैतमा ३ वटा बस र २ वटा मोटरसाइकल दुर्घटना हुदा ३ जना ,बैशाखमा १ जीप र १ ट्याक्टर दुर्घटना हुदा १ जना , जेठमा ट्याक्टर १, मोटरसाइकल १ र साइकल १ दुर्घटना हुदा ३ जना र असारमा जीप २ ट्याक्टर १ दुर्घटना हुदा ३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा पनि जिल्लामा २४ जनाकै सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । दुर्घटनाको मुख्य कारण तीव्रगति, चालकको लापरवाही, मापसे गरेर सवारी चलाउनु र यान्त्रिक गड्बडीका कारण हुने गरेको छ ।

यो पनि पढ्नुहोस्