प्युठान नगरपालिका ३ मा वडाको सेवा घरदैलोबाट
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. ३ ले आफ्नो वडाको सेवालाई घरदैलोबाट प्रदान गर्न सुरु गरेको छ । वडा कार्यालयले जनताको अधिकार जनताको घरदैलोमा पुर्याउनको लागी सामाजिक सुरक्षा भत्ता नवीकरण तथा ६८ बर्ष पुगेका जेष्ठ नागरिकको लागी घरदैलोबाट नै सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सिविर नै सञ्चालन गरेको वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिएका छन ।
वडाका कर्मचारीहरु खटिएर साउन १२ गते सापडाँडा, १३ गते ओखरबोट र १५ गते सेपुङमा शिविर सञ्चालन गर्ने तयारी रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्यूठान नगरपालिकामा घरदैलोमा नै पुगेर सेवा प्रदान गर्ने यस वडा पहिलो हो ।








