समय : ०४:०३ am | बिहिबार , चैत्र ४ गते २०८२

प्युठानमा मानब कंकाल भेटियो

स्वर्गद्वारी अपडेट | श्रावण ११ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानमा एक ब्यक्तिको मानब कंकाल भेटिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका वडा नं.६ गोधधारा स्थित जंगलको भिरमा एक ब्यक्तिको कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता शुशिल थापाले बताएका छन । कंकाल भेटिएको ठाउमा रहेको कपडाको आधारमा माण्डवी गाउपालिका धुकींचौर बस्ने वर्ष ४२ को रेशम बहादुर खड्काको कंकाल हुन सक्ने आसंका गरिएको छ । आसंका गरिएको खड्का गत साउन २४ गते देखि बेपत्ता भएका थिए । कंकाल भेटिएको ठाउमा एउटा सर्ट र कालो टाउजर मात्र फेला परेको छ । रेशमका छोरा १७ बर्षिया हेमन्त खडकाले आफ्नो बाबुको कंकाल भएको दाबी गरेका छन । अहिले कंकाललाई परीक्षणको लागी जिल्ला अस्पतालमा ल्याएको छ । घटनाको बारमो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्