समय : ०४:०३ am | बिहिबार , चैत्र ४ गते २०८२

नौबहिनी–८ मा राति तीजको मेला गरे कारबाहि

स्वर्गद्वारी अपडेट | श्रावण १० गते २०७९
बबिता रिजाल,प्यूठान । प्यूठानको नौबहिनी गाउपालिका वडा नं. ८ मा राति तिजको मेला गर्न नपाइने भएको छ । सोमबार वडाले एक सुचना प्रकाशन गर्दै यस बारे जानकारी दिएको छ । नौबहिनी गाउपालिका ८ का फोप्ली ,लुप्लुङको बस्तिमा तीजको अबसरमा साउन महिनाको सुरुवात देखि नै रातिको समयमा तिजको मेला भैरहेको हुदा उक्त मेलाले समाजमा विकृती भित्राएको भन्दै यस्ता मेलाहरु नगर्न नगराउन वडाले सम्पूर्ण वडा बासीहरुमा आग्रह गरेको छ । साथै सुचनामार्फत यस्ता कार्यक्रम गरेको पाइएमा कानुन वमोजिम कारवाहि गर्ने पनि चेतावनी दिइएको छ ।

यो पनि पढ्नुहोस्