अनुज पछाई,प्यूठान । प्यूठान जिल्लाको झिमरुक गाउपालिका र गौमुखि गाउँपालिकाका विभिन्न स्थानको बारेमा तयार गरिएको चित्रहरु सनिबारबाट प्रदर्शन गरिएको छ । जिल्लाका २ पालिकाका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, भौगोलिक आदि पक्षहरू समेटिएका ऐतिहासिक महत्त्व राख्ने चित्रहरू तयार गरि ३ दिन सम्म प्रदर्शन गरिने भएको छ ।

जिल्लाको झिमरूक र गौमुखी क्षेत्रमा पुगेर १० जना कलाकारहरूद्वारा विभिन्न चित्रहरु सिर्जना गरिएको छ ।
झिमरुक गाउपालिकाले आयोजना गरेको प्रदर्शनीमा निःशुल्क रुपमा अवलोकन गर्न सकिने छ । नेपाल कला परिषद्, (आर्ट काउन्सिल) बबरमहल, काठमाडौंमा चित्रहरु प्रदर्शनमा राखिएको झिमरुक गाउपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताएका छन ।


चित्रहरु रतनकुमार राई, जीवन राजोपाध्याय, नरेश सैंजु, कुन्ती थापामगर, सुजिता महर्जन, सुदेशा श्रेष्ठ, सारा राई, राजकुमार रानामगर, मुकेश श्रेष्ठ, र सुदर्शन कार्कीले तयार गरेका हुन ।