समय : १२:३७ am | बिहिबार , चैत्र ४ गते २०८२

प्यूठान नगरपालिकाले वर्गिकरण नगरेको फोहोर नउठाउने

स्वर्गद्वारी अपडेट | श्रावण ६ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठान नगरपालिकाले वर्गिकरण नगरेको फोहोर नउठाउने भएको छ । बुधबार एक सुचना जारी गर्दै प्यूठान नगरपालिकाले यस बारे जानकारी दिएको छ । नगर क्षेत्रभित्र निस्कने फोहोरलाई ब्यबस्थापन गर्दा कुहिने प्रकृतिका फोहोरबाट मल बनाउने नगरपालिकाको योजना अनुसार घरमा निस्कने फोहोरको वर्गिकरण गरेर मात्र जम्मा गरिदिनके लागी प्यूठान नगरपालिकाले सुचनामार्फत जानकारी दिएको छ । बिहिबारदेखि लागु हुने गरि वर्गिकरण नभएका फोहोर उठाउन नसकिने बताएको छ ।

यो पनि पढ्नुहोस्