प्यूठान नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना
अनुज पछाई ,प्यूठान ।जिल्लाको प्यूठान नगरपालिकामा नागरिकता सहायत कक्ष स्थापना गरिएको छ । नगरपालिका स्थापना भएको लामो समय भैसक्दा पनि स्थापना हुन नसकेको सहायता कक्ष मङगलबारबाट सुभारभ्भ गरिएको छ ।
नगरपालिकामा आउने सेवाग्राहीहरुको सहजताको लागी नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
नागरपालिकामा बिभिन्न समस्या लिएर उपस्थित हुने जेष्ठ नागरिक,अपाङग तथा गर्भवति महिलाहरु लगायत अन्य सबैलाई सुबिधापूर्ण तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्यूठान नगरपालिकाका नगरप्रमुख बिस्नु बहादुर योगीले बताएका छन ।
नागरिक सहायता कक्षबाट सम्बन्धित शाखा जान नसक्ने सेवाग्राहीहरुलाई उनिहरुको फाइल पुराइदिने,निःशुल्क फोटोकपि गरिदिने तथा निबेदन लेखिदिने तथा विभिन्न फर्महरु भसरदिने लगायतका कार्य हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश कुमार गुरुङले बताएका छन ।








