माण्डबीको गणेश माबिमा म्युजिकल पिटी तथा मार्चपास सुरु
लव कुमार अधिकारी,प्यूठान । प्यूठानको माण्डबी गाउँपालिका तिराममा रहेको गणेश माद्यमिक बिद्यालयमा म्युजिकल पिटी तथा मार्चपास सुरु भएको छ । बिद्यालयको पठनपाठन सुरुहुनुपुर्ब गरिने प्राथनाको समयमा गरिने क्रियाकलापमा बिद्यार्थीलाई सक्रियता बनाउनको लागी उक्त क्रियाकलाप थपिएको छ ।
शैक्षिक तथा प्रशासनिक रुपमा अब्बल बन्दै गएको यस बिद्यालयमा जिल्लाबाहिरबाट प्रशिक्षकहरु लिएर बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुलाई म्युजिकल पिटी तथा मार्चपासको तालिम प्रदान गरिएको बिद्यालयले जनाएको छ ।
प्रार्थनाको समयमा गरिने उक्त क्रियाकलापले बिद्यार्थीहरु बिद्यालयमा साबिकको तुलनामा समयमै उपस्थित हुने गरेको बिद्यालयका प्रअ बलराम पुन मगरले बताएका छन ।
बिद्यालयमा शिक्षण सिकाइसंगै केहि नयाँपन प्रस्तुत गर्दा बिद्यार्थीहरुमा थप सक्रियता बढेको बिद्यालयका शिक्षक दीपेन्द्र राज अधिकारीले बताएका छन। प्रअ पुन मगर सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानबाट उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत भएका थिए ।








