प्यूठानमा तरकारी बोकेको गाडी दुर्घटना
अनुज पछाई,प्यूठान । प्यूठानमा सोमबार तरकारी बोकेको गाडी दुर्घटनामा परेको छ । खलंगा बाट तरिकारी छोडेर बागदुलातर्फ आउदै गरेको गाडी दुर्घटनामा परेको हो ।
लु ३ च २७१७ नं को तरकारी बोक्ने जीप प्यूठानको मल्लरानी गाउपालिकाको धरमपानीमा रहेको इन्द्रेणी कृषि तथा पशुपालन फर्ममा ठोकिएर दुर्घटनामा परेको छ । दुर्घटनामा मानबिय क्षति भने भएको छैन । दुर्घटनामा चालक दाङ लमहिका २४ बर्षिया रञ्जित चौधरी र सहचालक दाङ गणवाका आशिष चौधरी सामान्य घाइते भएका छन ।
गाडी ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।








