समय : ११:०८ pm | बुधबार , चैत्र ४ गते २०८२

माण्डबीका करार कर्मचारीको अध्यक्षलाई ज्ञापनपत्र

स्वर्गद्वारी अपडेट | श्रावण १ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानको माण्डबी गाउपालिकाका कर्मचारीले रोजगारीबाट हटाउने कार्य रोक्नको लागी अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन । माण्डबी गाउँपालिकाले असार ३० गते निर्णय गरि करार कर्मचारीलाई हटाउने निर्णय गरेको थियो । उक्त निर्णय आफुहरुलाई थाहा नदिएरै मिडियामा आएको भन्दै करार कर्मचारीलाई हटाउने कार्यलाई २ दिनभित्र रोक्नको लागी अनुरोध गरेका छन । आइतबार माण्डबी गाउपालिकाले हटाउने निर्णय गरेका २१ जना कर्मचारीले संयुक्त रुपमा हस्ताक्षर गरि पालिका अध्यक्षलाई ध्यान आकर्षण सहितको ज्ञापन पत्र बुझाएका हुन । ज्ञापनपत्रमा भनिएको छ –“लामो समयदेखि आफ्नो कार्यजिम्मेबारीप्रति कर्तब्यनिष्ठ र इमान्दारीतापूर्बक कार्यसम्पादन गर्दै आएका हामी कर्मचारीहरु प्रति एक्लौटी ढङग तथा पुर्वाग्रहबाट प्रेरित भईकुनै पूर्ब जानकार िबिना एक्कासी जागरिबाट बर्खास्त गर्ने गाउँपालिकाको यस्तो गैरजिम्मेबारी निर्णयप्रति हाम्रो ध्यानआकर्षण भएको छ ।”

यो पनि पढ्नुहोस्