समय : ११:१४ pm | बुधबार , चैत्र ४ गते २०८२

झिमरुकको बिकास खर्च ८२ प्रतिशत

स्वर्गद्वारी अपडेट | श्रावण १ गते २०७९
अनुज पछाई,प्यूठान । जिल्लाको झिमरुक गाउपालिकाको आ व २०७८÷७९ मा बिकास खर्च ८२.४६ प्रतिशत देखिएको छ । झिमरुक गाउपालिकाको आ व २०७८÷७९को तेस्रो चौमासीकको सार्बजनिक सुनुवाई कार्यक्रममा गाउपालिकाको क्षेत्रगत बजेट खर्च प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत शुबास रिजालले उक्त कुराको जानकारी दिएका छन । झिमरुक गाउपालिकामा चालुतर्फ ३८ करोड १९ लाख ९४ हजार ८०२ मध्य ३२ करोड ३३ लाख ८१ हजार ६२२ अर्थात ८४.६६ प्रतिशत रकम खर्च भएको छ । त्यस्तै पुजिगततर्फ १५ करोड ६१ लाख ९ हजार ३७६ मध्य १२ करोड ३ हजार ५९ अर्थात ७७.०९ प्रतिशत खर्च भएको छ । पालिकाको आर्थिक बिकास तर्फ ६६.८१ प्रतिशत,सामाजिक बिकास तर्फ ९३.७४ प्रतिशत र पूर्वाधारतर्फ ६६.७३ प्रतिशत खर्च भएको छ । त्यस्तै शुसासन तथा अनतरसम्बनिधत क्षेत्रमा ८३.२२ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक शिर्षकमा ६४.८० प्रतिशत रकम खर्च भएको देखिएको छ । आ व २०७८÷७९ मा झिमरुक गाउपालिकामा ५३ करोड,८१ लाख ४ हजार १७८ रुपिया ९४ पैसा मध्य ४४ करोड ३७ लाख ४१ हजार २७० रुपिया ५९ पैसा खर्च भएको देखिएको छ ।

यो पनि पढ्नुहोस्