समय : ०९:५० pm | बुधबार , चैत्र ४ गते २०८२

माण्डबीका २१ करार कर्मचारी हटाइयो

स्वर्गद्वारी अपडेट | असार ३२ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानको माण्डबी गाउँपालिकाले २१ जना करार कर्मचारीलाई हटाउने भएको छ । माण्डबी गाउपालिकाको असार ३० गते बसेको बैठकले पालिकाको बिभिन्न शाखामा कार्यरत तथा स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाइमा कार्यरत करार कर्मचारीलाई श्रावण एक गते देखि करार सम्झौता थप नहुने माण्डबी गाउपालिकाले जनाएको छ । हटाइएका कर्मचारीमा कार्यालय सहयोगी,कम्प्यूटर अपरेटर,कृषि प्राबिधिक,एम्बुलेन्स चालक, अन्य चालक सहचालक,नर्सरी हेरालु,अहेब अनमी तथा स्टाप नर्स रहेका छन ।

यो पनि पढ्नुहोस्