समय : ०९:४६ pm | बुधबार , चैत्र ४ गते २०८२

वडा अध्यक्ष श्रेष्ठद्धारा ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग

स्वर्गद्वारी अपडेट | असार ३० गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका वडा नं. ३ वडा अध्यक्ष तथा युवा नेता सुमनराज श्रेष्ठले ब्लड क्यान्स पिडितलाई आर्थिक सहयोग गरेका छन । प्यूठान नगरपालिका वडा नं. ४ पाण्डेडाडाका ४० बर्षिया चन्द्रकला बस्नेतको उपचारको क्रममा आर्थिक समस्या भएको खबर प्राप्त भएपछि वडा अध्यक्ष श्रेष्ठ रु ५ हजार सहयोग गरेका छन । बस्नेतको अढाई बर्षका छोरालाई घरमै छोडेर अहिले चन्द्रकलाको सिविल अस्पताल काठमाण्डौमा किमो थेरापी भैरहेको छ । जिल्लाको एक सस्थागत बिद्यालयमा अध्यापन गराउने बस्नेतलाई अहिले उपचारको लागी आर्थिक समस्या भएको परिवार स्रोतले जनाएको छ । बिहिबार आर्थिक सहयोग गर्दै वडा अध्यक्ष श्रेष्ठले सहयोग गर्न चाहानेहरुले उनको एन.आइ. सि एसिया बैक लिमिटेड जुम्रि प्यूठानको खाता नं. १२७५५१२७२७८१००१ मा आर्थिक जम्मा गरिदिनुहुनको लागी आग्रह पनि गरेका छन ।

यो पनि पढ्नुहोस्