भारतमा प्युठानका एक ब्यक्ति एक वर्षदेखि सम्पर्क विहीन
स्वर्गद्धारी अपडेट,प्यूठान । भारत मजदुरी गर्न गएका प्यूठानका एक ब्यक्ति एक बर्षदेखि परिवारको सम्पर्कमा आएका छैनन् । प्युठानको झिमरुक गाउँपालिका– ८ का शिव बहादुर थापा मगर बिगत एक वर्षदेखि सम्पर्क विहीन भएका हुन ।
झिमरुक गाउपालिका वडा नं. ८ निवासी खुम बहादुर थापा मगरको छोरा शिव बहादुर विगत एक बर्षदेखि परिबारसंगगको सम्पर्कमा नरहेको परिवार स्रोतले जनाएको छ ।
शिब बहादुर सात वर्ष पहिला भारत तर्फ गएका थिए । १ बर्ष पहिले घरमा आउने जाने तथा सम्पर्क हुने गर्दथ्यो तर विगत १ बर्षदेखि उनि परिवारको सम्पर्कमा रहेका छैनन् ।
सम्पर्कक विहीन भएका शिवको खोजि गरिदिन परिवारले भारत स्थित बिभिन्न संघसस्थाहरुमा आग्रह गरेको छ ।
शिवलाई कतै भेटिए त्रिभुवन भट्टराई ९१९४१४९४८७९० लाई सम्पर्क गर्न मूल प्रवाहले अनुरोध समेत गरेको छ ।








