समय : ०८:१३ pm | बुधबार , चैत्र ४ गते २०८२

सरुमारानीको सरस्वती माबि बन्यो जिल्लामा उत्कृष्ठ बिद्यालय

स्वर्गद्वारी अपडेट | असार २८ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानको सरुमारानी गाउपालिकामा रहेको सरस्वती मा बि प्यूठान जिल्लामा उत्कृष्ठ बिद्यालय बनेको छ । सामाजिक डिभिजन बिकास कार्यालय प्यूठानले मङगलबार गरेको सम्मान कार्यक्रममा प्यूठानबाट बाङगेशालमा रहेको सरस्वती माबि उत्कृष्ठ बिद्यालयमा छनोट भएको छ । बिद्यालयले नगद रु २ लाख सहित प्रमाणपत्र प्राप्त गरेको छ । मङगलबार प्यूठान तथा रोल्पा जिल्लाका उत्कृष्ठ बिद्यालय तथा शिक्षकलाई सम्मान गरिएको सामाजिक डिभिजन कार्यालय प्युठानका प्रमुख बिष्णु प्रसाद भुषालले बताएका छन । कार्यालय प्रमुख भुषालका अनुसार प्यूठान जिल्लाबाट उत्कृष्ठ बिद्यालयको रुपमा सरुमारानी गाउपालिका बाङगेशालमा रहेको सरस्वती मा बि छनोटमा परेको थियो । त्यस्तै प्यूठानबाट उत्कृष्ठ शिक्षकको रुपमा ९ जना , उत्कृष्ठ कर्मचारीको रुपमा ७ जना र बाल बिकास सहकार्यकर्ताको रुपमा ८ जनालाई सम्मान गरिएको छ । त्यसैगरि रोल्पामा उत्कृष्ठ बिद्यालयको रुपमा घोडागाउको रामेश्वर मा बि लाई उत्कृष्ठ बिद्यालयको रुपमा सम्मानित गरिने छ । त्यस्तै ६ जना उत्कृष्ठ शिक्षक ,६ जना कर्मचारी र ६ जना बाल बिकास सहजकर्तालाई सम्मान गरिएको हो । उत्कृष्ठ बिद्यालयलाई रु २ लाख नगद सहित सम्मान गरिने छ भने शिक्षक कर्मचारीलाई नगद रु १५ हजार सहित सम्मान गरिएको छ ।

यो पनि पढ्नुहोस्