समय : ०६:५१ pm | बुधबार , चैत्र ४ गते २०८२

सरुमारानीको बजेट खर्च ८० प्रतिशत

स्वर्गद्वारी अपडेट | असार २७ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानको सरुमारानी गाउपालिका मा आर्थिक बर्ष २०७८÷७९ मा कुल बजेटको करिब ८० प्रतिशत खर्च भएको पाइएको छ । सरुमारानी गाउपालिकामा चालु आ व मा ८०.६२ प्रतिशत खर्च भएको सरुमारानी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मिले बताएका छन । प्रमुख प्रशासकिय अधिकृत रेग्मीका अनुसार आ.व. २०७८÷७९ को कुल बजेटमा चालू तर्फ ८३.२६ प्रतिशत र पुजिँगत तर्फ ७५.६५ प्रतिशत खर्च भएको देखिएको छ । प्रदेश समपुरक अनुदानबाट संचालित योजनामा करिब ४० प्रतिशत घटेर ठेक्का सम्झौता भएको र पुनः ठेक्का गर्न रोकेको कारण साथै सुत्रमा चालुमा देखिने साझेदारी कार्यक्रम, विपद व्यवस्थापन र कन्टिन्जेन्सी रकमबाट पुजिँगत योजना संचालन गरिएको कारण पुजिगत खर्च कम देखिएको भएतापनी भौतिक प्रगति ९७ प्रतिशत रहेको अधिकृत रेग्मीले बताएका छन ।

यो पनि पढ्नुहोस्