अनुज पछाई , प्यूठान । प्यूठानका एक युवाले आफ्नो जन्मदिनको अबसरमा खाद्यान्न सहयोग गरेका छन । प्यूठान नगरपालिका वडा नं. ३ का युवा ब्यबसायि तथा समाजसेबी सागर पुलामीले आफ्नो जन्मदिनको अबसरमा खाद्यान्न सहयोग गरेका छन ।
प्यूठान नगरपालिका ३ रानीकोट निवासी कालि सुनारको निवासमै पुगी युवा ब्यबसायि पुलामीले करिव ३५ सय बराबरको खाद्यान्न सहयोग गरेका छन ।

सुनारको परिवारमा आर्थिक समस्या रहेको खबर प्राप्त भएपछि जन्मदिनमा गरिने फजुल खर्च कटाई सुनारको परिवारमा खाद्यान्न सहयोग गरिएको ब्यबसायि पुलामिले बताएका छन ।


सुनारको श्रीमानको मृत्यु भैसकेको छ भने १४ बर्षिया अपाङग छोरा रहेका छन ।