जोगिन्द्र मल्ल प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेशी बजार नजिकै रहेको झिमरुक नदिमा बुधबार नदिले बगाइ रहेका एक बालकलाई शकुसल उद्दार गर्ने २ बालकलाई सम्मान गरिएको छ । गौमुखी मा बिमा अध्ययनरत दुई विद्यार्थीहरु पुजाका चन्द्रबहादुर सुनार र सुशील सुनारले खोलाले बगाएर ल्याएको स्थानिय १० बर्षिया शिशिर के सि लाई सकुशल उद्घार गरेका हुन ।

सुनार दाजुभाइलाई गौमुखी गाउँपालिकाले बिहिबार नगद तथा जिन्सी सामाग्रीले सम्मान गरेको छ। सम्मान गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले आफ्नो जिबनको प्रवाह नगरी मानबिय संकटको घडीमा उद्धारमा खटिएका विद्यार्थीलाई धन्यवाद दिदै प्रशंसनिय कार्य गरेको भन्दै सम्मान गरे । त्यस्तै खोलामा बगेका बालकको स्वास्थ्य अबस्था हाल सामान्य रहेको बालकको बुबा महेन्द्र केसिले बताए ।