समय : ०५:३३ pm | बुधबार , चैत्र ४ गते २०८२

झिमरुकले बगाएको बालकलाई बचाए दुइ बालकले

स्वर्गद्वारी अपडेट | असार २३ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानको गौमुखिका २ बालकले गरेको साहसिक कार्यको अहिले चौतर्फि प्रशम्मा भएको छ । जो कोहिले पनि रामराम मात्र भन्न सक्ने कार्यलाई गौमुखिका २ बालकले काध नै थापेर उदारणिय कार्य गरेका छन । प्यूठानको झिमरुक खोलाले बगाएका एक बालकलाई गौमुखिका २ बालकले सकुशल उद्धार गरेका छन । पुजा जारगाउँ घर भै हाल गौमुखी माद्यमिक बिद्यालय ठूलाबेसीमा कक्षा १० मा अध्ययनरत चन्द्र बहादुर सुनार र कक्षा ९ मा अध्ययनरत सुशील सुनारले आफ्नो ज्यान बाजी थापेर खोलाले बगाई रहेको बालकको सकुशल उद्धार गरेका छन्। स्थानिय १० बर्षका सिसिर के सी लाई ठुलाबेसीबाट झिमारुक खोलाले बगाउदै गरेको दृश्य देखे पछि सुनार दाजुभाइले छ सय मीटर टाढा सम्म खोलाको भेलमा ज्यान फालेर दौडदै सकुसल उद्धार गरेका हुन्। उनीहरूले खोलाले बगाएको बच्चाको पानीले ढाडिएको पेटको तत्काल प्राथमिक उपचार समेत गरेका थिए । आफु बालक हुदाहुदैपनि अर्काे बालकको ज्यान बचाउनको लागी सुनार दाजुभाईको उक्त कार्यले मानबताको ठूलो झल्को प्रदान गरेको छ । विद्यार्थी चन्द्र ब. सुनार र सुशील सुनारले गरेको यो अनुकरणीय उद्धारको कामको अहिले चौतर्फि प्रशम्सा भएको छ । अहिले बगाएको बालक शिसिरको स्वास्थ्य अबस्था सामान्य रहेको खबर प्राप्त भएको छ ।

यो पनि पढ्नुहोस्