
स्वर्गद्धारीको बार्षिक बजेट तथा कार्यक्रम पारित


अनुज पछाई , प्यूठान । स्वर्गद्धारी नगरपालिकाको आ.व २०७९÷८० को बार्षिक बजेट तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार स्वर्गद्धारी नगरपालिकामा बसेको ११ औ नगर सभाको दोस्रो बैठकबाट असार १० गते प्रस्तुत गरिएको ७० करोड ११ लाख ४० हजार बराबरको आय ब्यय सहितको अनुमानित बजेट तथा कार्यक्रम बहुमतले पारित भएको स्वर्गद्धारी नगरपालिकाका प्रबक्ता सुरज संगम सुनारले जानकारी दिएका छन ।
नगरप्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वयन समितिका अध्यक्ष धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा बसेको ११ औ नगरसभाको दोस्रो बैठकले कार्यक्रम तर्जुमाका संयोजक मिनराज राना मगरले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम पारित गरेको हो ।
त्यस्तै स्वर्गद्धारी नगरपालिकाको आर्थिक ऐन २०७९,विनियोजन ऐन २०७९ समेत पारित भएको प्रबक्ता सुनारले बताए । त्यस्तै नगरपालिकाको कार्यालय , बिषयगत समितिहरु र वडा समितिहरुबाट भएका निर्णयहरु पनि अनुमोदन भएका छन ।
