समय : ११:३१ am | शनिबार , मंसिर २० गते २०८२

सरकारी तलब–भत्ता नलिने झिमरुकका अध्यक्ष महताराको घोषणा

स्वर्गद्वारी अपडेट | जेठ ६ गते २०७९
    स्वर्गद्धरी अपडेट , प्यूठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गर्नुभएको छ । आज शुक्रवार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उहाँले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गर्नुभएको हो । ‘म र परिवारको दैनिकी धान्नका लागि अहिले पनि समस्या छैन, मेरो तलब–भत्ताबापतको रकम राज्यकोषमा जाओस्, या कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्ताे घोषणा गरेको हुँ’, अध्यक्ष महताराले भन्नुभयो । आफ्नो पार्टीले जितेका पालिकामा अरूले भन्दा राम्रा र जनमुखी काम गर्नुपर्छ भन्ने माओवादीको नीति रहेको पनि महताराले बताउनुभयो । राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जीसीलाई हराएर माओवादी केन्द्रका महतारा अध्यक्षमा निर्वाचित हुनुभएको हो । तत्कालीन बाँदिकोट गाउँ विकास समितिका अध्यक्षसमेत रहनुभएका महतारा पूर्व शिक्षक पनि हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्