नवनिर्वाचित वडा अध्यक्ष वरुणध्वज मल्ल सहित राजमोका कार्यकर्ता जगत मल्ल ,हरि मल्ल र प्रताप मल्लको समुहले खुङ निवासी गंगा बहादुर विष्टका छोरा २९ बर्षिया नेपाली काङ्ग्रेस गौमुखी गाउँपालिका सदस्य राज कुमार बिष्ट माथी हातपात गर्दा बिष्ट घाइते भएका छन । घाइते बिष्टको टाउको र बायाँ हातमा चोट लागेको छ । जिल्लामा सामान्य उपचारपछि बिष्टलाई थप उपचारको लागी मेडिकल कलेज भैरहवामा पठाइएको छ । अहिले घटनाको विषयलाई लिएर नेपाली काङग्रेस तथा राजमोले आ–आफ्नो आरोप लगाएका छन ।







