समय : १०:५७ am | शुक्रबार , श्रावण २ गते २०८२

माण्डबी गाउँपालिका गठबन्धनकोे पोल्टामा

स्वर्गद्वारी अपडेट | जेठ २ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानको माण्डबी गाउँपालिकामा बाम गठबन्धनले जितेको छ । गठबन्धनका साझा उम्मेदबार रोशन अधिकारी ३ हजार ७७६ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीधर रोकाले ३ हजार ४१९ मत ल्याए । उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका पूर्ण कालाथोकी बिजयी भए । उनले ३ हजार ५८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदबारले ३ हजार ३१२ मत मात्र ल्याउन सकिन् । माण्डबी विप्लब सहित ५ दलको गठबन्धन रहेको थियो ।

यो पनि पढ्नुहोस्