अनुज पछाई , प्यूठान । स्थानिय तह निर्बाचन २०७९ मा पार्टि विपरित कार्य गरेको भन्दै नेकपा माओबादी केन्द्र प्यूठानले बिहिबार २ जना कार्यकर्तालाई कारबाहि गरेको छ ।
गौमुखि गाउँपालिका समिति प्यूठानका उपाध्यक्ष गौमुखि गाउपालिका वडा नं. ५ का अर्जुन न्यौपाने र वडा नं. ३ का लोक बहादुर बुढालाई कारबाहि गरिएको नेकपा माओबादी केन्द्र जिल्ला समन्वयन समिति प्यूठानले एक पे्रस बक्तव्य मार्फत जानकारी दिएको छ । न्यौपानेलाई उपाध्यक्ष पदबाट निलम्बन र बुढालाई साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिएको बक्तव्यमा उल्लेख गरिएको छ । गौमुखि गाउँपालिकामा नेकपा माओबादी र नेपाली काङग्रेसबीच स्थानिय चुनावमा तालमेल भएको छ ।