प्युठान।प्युठान जिल्लाका ९ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ।
४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा प्युठानका २ नगरपालिका र ७ गाउँपालिकामा स्थानीय सरकारले आज एक दिन सार्वजनिक बिदा दिएका हुन्।
बिदाको दिन पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संघ संस्था, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक)बाट प्रदान गरिने सेवाहरु बन्द हुनेछन।








