समय : ०४:०० am | शनिबार , माघ २३ गते २०८२

सडक बिस्तारको लागि आफै घर भत्काउदै

उनले भने–‘जब सडक विस्तारको काम अगाडि बढाएपछि सबैलाई एकनासको कानुन लागु गरोस ।’

राधिका भुषाल | माघ २३ गते २०८२

प्यूठान । सडक साँघुरो हुंदा धेरै जोखिम भोग्दै आएका प्यूठान नगरपालिका १ क्वाडीका सर्वसाधारणले सडक विस्तारका लागि आफ्नो घर आफै भत्काउदै आएका छन् । स्थानीयले सडक बिस्तारमा सहयोग पु¥याउने उद्देश्यले आफ्नो घर आफैँ भत्काएका हुन् ।

बेलुवा–बाग्दुला अन्तरगत रहेको सडक विस्तारका क्रममा हालसम्म ११ वटा घरहरु पुरै भत्किएको छ भने एउटा घरको १ कोठा मात्रै बाँकी रहेको स्थानियवासी खगेन्द्र धामीले बताए । ‘हामीले सडक निर्माणका लागि तल्लो लाइनका घरहरु त भत्कायौं तर, सरकार फेरिएपछि माथिल्लो लाइनमा पर्ने घरहरु भत्किन्छ या भत्किदैनन् भन्ने कुरा आशंका छ ।’ उनले भने–‘जब सडक विस्तारको काम अगाडि बढाएपछि सबैलाई एकनासको कानुन लागु गरोस ।’ सडक विस्तारमा स्थानीयवासीले सक्दो  सहयोग गरेको उनले बताए ।

बहुवर्षिय योजना भएपनि तिव्र गतिमा सडक विस्तारको कामलाई अघि बढाइएको प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले बताए । ‘बेलुवा देखि बाग्दुला सम्मको सडक विस्तारको काम सुरुवात भएको छ ।’ नगरप्रमुख योगीले भने–‘यो नयाँ सरकार नबनेको भए सवै ढाँचा, प्रक्रियामा करिब काम सम्पन्न हुन्थ्यो ।’ यहि असारमसान्त सम्म बेलुवा देखि हरिखोलासम्म काम सम्पन्न हुने उनले बताए । हरिखोला–साडेखोला, साडेखोला–चितिखोला, चितिखोला–जुम्री र जुम्री–बग्दुला सम्म पाँचबाट प्वाईन्टबाट काम सुरु हुदैछन् । फरक फरक टेन्डर भएकोले २०८४ सम्म करिब–करिब सडक विस्ताको काम सकिन्छ आंकलन गरिएको उनको भनाइ छ।

नेपाल सरकारको वैकल्पिक सहायक राजमार्ग शीर्षक अन्तर्गत विनियोजित १ करोड बजेटमा उक्त काम गर्ने सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ । सडक डिभिजन कार्यालय प्युठानले क्वाडि–बिजुवार–बाग्दुला सडक बिस्तारको केही दिन अघि टेन्डर खुलाएको थियो । प्युठान नगरपालिका १ क्वाडी स्थित बेलुवा खोलादेखि प्युठान नगरपालिका ८ बाग्दुलासम्म कालोपत्रे सडक यस आर्थिक वर्षमा ५ सय मिटर सडक बिस्तार गर्ने गरीने सडक सडक डिभिजन कार्यालय प्युठानका प्रमुख दिपक सुनारले बताए ।जस अन्तर्गत बीच सडकबाट दायाँबायाँ गरी ७.५ मिटरको चौडा बनाउने, पर्खाल उठाउने, नाली बनाउने, ग्राभेल सहित कालोपत्रेको काम गरिनेछ ।

प्युठान नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन २०८२ साउन ४ गते नगरपालिकाले सुचना प्रकाशन गरेको थियो । सडक डिभिजन कार्यालय प्युठानले टेण्डर आव्हान र प्युठान नगरपालिकाले संरचना हटाउन शुरु गरेसँगै सडक फराकिलो बनाउने प्रक्रिया शुरु भएको हो ।

यो पनि पढ्नुहोस्