समय : ०५:०६ pm | बुधबार , पौष ९ गते २०८२

एक पुरुष मृत फेला

८२ वर्षीय खम्बे पुनमगर मृत अवस्थामा फेला परेका हुन्

स्वर्गद्वारी अपडेट | पौष ९ गते २०८२

रोल्पा।रोल्पामा एक पुरुष मृत अवस्थामा फेला परेको छन्।मंगलबार लुङ्ग्री गाउँपालिका–६ घमरुकका ८२ वर्षीय खम्बे पुनमगर मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पुन लुङ्ग्री–६ धारावाङ खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए।

मृतक यहि पौष २ गते घरमा कसैलाई जानकारी नदिई निस्किएको बुझिएको छ। मृतकको लासलाई पोष्टमार्टमका लागि रोल्पा अस्पताल  रेउघामा पठाईएको प्रहरीले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्