समय : १२:२४ pm | शुक्रबार , मंसिर १९ गते २०८२

छोरीमाथि करणी गरेको आरोपमा बाबु पक्राउ

कोही नभएको मौका छोपी बलात्कार गर्न प्रयास गर्दा आमाले देखेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ।

स्वर्गद्वारी अपडेट | मंसिर १८ गते २०८२

प्युठान।सल्यानमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक ३८ वर्षीय बाबु पक्राउ परेका छन्। १४ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए। उनले जिल्ला अदालत सल्यानबाट म्याद थप भई घटनाको थप अनुसन्धान भइरहेको बताए।

प्रहरीका अनुसार ३८ वर्षीय उक्त बाबुले गत असोज २६ गते छोरीमाथि बलात्कार गरेका थिए। त्यसपछि केही दिनपछि फेरि कोही नभएको मौका छोपी बलात्कार गर्न प्रयास गर्दा आमाले देखेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्