प्युठान।जिल्लाको गौमुखी गाउँपालिकाको निवर्तमान प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम पौडेल अख्तियारको फन्दामा परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल सहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पुरानो पेस्की फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा तुल्सीराम पौडेललाई विपक्षी बनाई मुद्दा दायर गरेको आयोगले आइतबार जारी गरेको विज्ञप्तीमा जनाएको छ।उनि मायादेवी गाउँपालिका कपिलवस्तु हुँदा लेखापालमा कार्यरत थिए।
हाल उनि आर्घाखांचीको छत्रदेव गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत छन्।
भ्रष्टाचार मुद्दामा मायादेवी गाउँपालिकाका कपिलवस्तुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित सात तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, कृष्णप्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम,लेखापाल तुल्सीराम पौडेल सहित आयोगले मुदा दायर गरेको हो।
आयोगले आरोपीहरूबाट हिनामिना भएको बिगो रकम असुलउपर गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।







