प्युठान।सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूमा राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिइएको हो।
नयाँ सरकारको भदौ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको थियो ।
आज देशभर सार्वजनिक बिदा
‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूमा राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिइएको हो।
