समय : ०३:३० am | सोमबार , वैशाख ७ गते २०८२

यातायात मजदुरलाई यातायात व्यवस्थापन तालिम

राधिका भुषाल | चैत्र ८ गते २०८१

प्युठान।प्युठान नगरपालिकाले यातायात मजदुरलाई यातायात व्यवस्थापन सम्बन्धी तालिम दिएको छ।प्युठान नगरपालिकाको आयोजनामा स्वर्गद्वारी गौमुखी यातायात  सेवा प्रालिका दलित र जनजाति यातायात मजदुरका लागि शुक्रबार स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिको सभाहलमा उद्घाटन गरिएको हो।

दुई दिन सम्म संचालन हुने उक्त तालिममा प्युठान नगरपालिकाको नगर प्रमुख बिष्णु योगीले मजदुरको निम्ति स्थानीय सरकार तयार रहेको बताए।यातायात श्रमिकहरुलाई कानुनी, व्यवसायी, व्यवस्थापकीय र मिलनकर्ताको रुपमा जोडिएर काम गर्ने समेत नगर प्रमुख योगीको भनाई छ।

कार्यक्रमा दलित संजालका अध्यक्ष शुशिला नेपाली, स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लिका अध्यक्ष चन्द्रमान श्रेष्ठ गौमुखी यातायात मजदुर संगठनका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए।          

प्युठान नगरपालिका ३ का वडा अध्यक्ष एवं नगर प्रवत्ता सुमन राज श्रेष्ठले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै हामीहरुले उठान गरेका कुराहरु विधिका हिसाबले, सिद्धान्तका हिसाबले वा अन्य हिसाबले निकै महत्वपूर्ण भएको बताए।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्