समय : ०१:०५ pm | आइतबार , चैत्र ३ गते २०८१

रोल्पामा टिप्पर दुर्घटना, एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | फागुन ७ गते २०८१

दाङ- रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका- ४ चुकबोटबाट माडी गाउँपालिका- २ घर्तिगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार दुर्घटनामा टिप्पर चालक निजगढ-५, बारा निवासी ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्