समय : ०४:२५ am | सोमबार , वैशाख ७ गते २०८२

बित्तीय सुशासन जोखिम मूल्यांकनमा मल्लरानी पहिलो

स्वर्गद्वारी अपडेट | फागुन ३ गते २०८१

प्युठान।प्युठानका स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/०८१ को बित्तीय सुशासन जोखिम मूल्यांकनमा मल्लरानी गाउँपालिका अब्बल देखिएको छ। दोस्रोमा स्वर्गद्वारी नगरपालिका र सरुमारानी गाउँपालिका रहेको छ।

जिल्लाका नौ वटा स्थानीय तहहरूमध्ये मल्लरानीले सर्वोत्कृष्ट अंक प्रथम स्थान  बनाउन सफल भएको हो। मल्लरानीले  ९०.५ अंक प्राप्त गर्दा स्वर्गद्वारी र सरुमारानीले ८४.५ अंक पाएर दोस्रो  भएका छन्।

त्यसैगरी,तेस्रो गौमुखी गाउँपालिकाले ८० अंक,चौथो प्युठान नगरपालिकाले  ७७.५ अंक,पाचौ स्थानमा झिमरुक गाउँपालिकाले ७३.५ अंक प्राप्त गरेको छ।ऐरावती गाउँपालिकाले ७२.५ अंक, अन्तिम नतिजामा सबैभन्दा कम माण्डवी गाउँपालिकाले ७० अंक प्राप्त गरेको छ ।

स्थानीय तहको बित्तीय प्रणाली व्यवस्थित,पारदर्शी,विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय बित्त व्यवस्थापनका सम्भावित जोखिम क्षेत्रहरुको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको बित्तीय सुशासनलाइ संस्थागत गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघीय सरकारले स्थानीय तह बित्तीय सुशासन मूल्याङकन कार्यविधि जारी गरेको छ। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्