समय : १०:११ am | बुधबार , फागुन २८ गते २०८१

प्युठानको संस्थागत क्षमता स्वमूल्यांकन (LISA) को नतिजा सार्वजनिक  

लव कुमार अधिकारी | माघ ३० गते २०८१

प्युठान।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(LISA)को नतिजामा गौमुखी  गाँउपालीका  प्रथम भएको छ ।

सोही सुचकका आधारमा आ.व २०८०/०८१ मा गरिएको मूल्याङ्कनमा प्युठानमा  सबै भन्दा धेरै ९६.५ अङ्क ल्याएर गौमुखी गाँउपालिका प्रथम भएको हो।

सार्वजनिक स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा नौबहिनी गाउँपालिका दोस्रो भएको छ।जसअनुसार पालिकाले ९३ अङ्क प्राप्त गरेको छ।आ.व २०७९/८० मा ९१ अङ्क ल्याएर नौबहिनी गाउँपालिका जिल्लामा पहिलो बनेको थियो।गतवर्षको तुलनामा पालिकाले अहिले २ अङ्क बढी प्राप्त गरेको छ।

नतिजा अनुसार ९१.५ अङ्क ल्याएर मल्लरानी गाउँपालिका तेस्रो भएको छ।यस्तै स्वर्गद्वारी नगरपालिका ८९ अङ्क प्राप्त, सरुमारानी गाउँपालिका ८८.७५ अङ्क, झिमरुक गाउँपालिका ८४.५ अङ्क,प्युठान नगरपालिका ८३.२५ अङ्क,माण्डवी गाउँपालिका ७८. ७५अङ्क र ऐरावती गाउँपालिकाको ७४.५ अङ्क रहेका छन। स्थानीय तहको सबल र दुर्बल पक्षहरूको विश्लेषण गर्ने प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ-आफ्नो वेबसाइट र सूचनापाटी मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रालयका अनुसार शासकीय प्रवन्धमा ९ अङ्क,संगठन तथा प्रशासनमा ८,वार्षिक वजेट तथा योजना व्यवस्थापनमा ११ ,वित्तिय एवं आर्थिक व्यस्थापन ११,सेवा प्रवाह १६,न्यायीक कार्यसम्पादन ७,भौतिक पूर्वाधार १३,सामाजिक समावेशीकरण १०,वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९,सहकार्य र समन्वयमा ६ अंक सहित जम्मा १ सय पूर्णाङ्कमा मूल्याङ्कन गर्ने गरिएको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानूनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धीका बारेमा लेखाजोखा गर्न स्वमूल्यांकन गर्ने गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्