समय : १२:४० pm | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीले शहीद परिवारलाई मासिक भत्ता दिँदै

स्वर्गद्वारी अपडेट | फागुन १३ गते २०८०

प्युठान।प्युठानको माण्डवी गाउँपालिकाले तत्कालीन द्वन्द्वकालमा शहीद परिवारका सदस्यलाई मासिक भत्ता दिँदै आईरहेको छ।गत आर्थिक वर्ष ०७८/०७९ देखी गाउँपालिकाले मासिक एक हजार रुपियाँका दरले सहिद परिवारका सदस्यलाई भत्ता रकम वितरण गर्न सुरु गरेको हो। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि आफ्नो ज्यानको आहुती दिने सहिदको सम्मान तथा स्मरणमा आव ०७९/०८० देखी दुई हजारका दरले सुरु गरि भत्ता दिँदै आईरहेको गाउँपालिका अध्यक्ष नमराज अधिकारी 'रोशन'ले जानकारी दिए। 'गाउँपालिकाको आर्थिक स्रोत बलियो बन्दै गएपछि भत्ता रकम वृद्धि हुँदै जाने उनको भनाइ छ।'उनले भने –'भत्ता रकमको लागि गाउँसभाले बजेट विनियोजन गरेको छ।' राज्यले सहिद परिवारको सूचीकृत गरेका सदस्यले भत्ता पाएका अध्यक्ष अधिकारीको भनाई छ। 

‘राजनीतिक तथा सामाजिक परिवर्तितको लागि ज्यान गुमाउने प्रति हाम्रो उच्च सम्मान छ।’ अध्यक्ष अधिकारीले भने-‘गाउँपालिकाले सहिद, बेपत्ता तथा घाइतेजनका परिवारलाई लक्ष्य गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालनको पनि तयारी गर्ने उनको भनाई छ।

आर्थिक वर्ष ०७८/०७९ मा १२ परिवारले भत्ता बुझेको र ०७९/०८० मा १६ जना परिवारले बुझेको माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बताए।'माण्डवी द्वन्द्वकालीन समयमा सबैभन्दा बढी द्वन्द्व प्रभावित क्षेत्र हो।'उनले भने-'गाउँपालिकाले चालु आवको नीति, कार्यक्रम तथा बजेटमा भत्ता वितरण कार्यक्रम समावेश छ।'द्वन्द्वको समयमा राज्य पक्षबाट १५ जना सहिद भएका छन।' विद्रोही माओवादीबाट एक जना सहिद गरी १६ जनालाई मासिक भत्ता प्रदान गरेको अधिकृत पाण्डेको भनाई छ। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page