समय : ०८:२१ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठान नगरपालिकामा माओवादी रुपान्तरण अभियान सम्पन्न

सन्तोष सुनार | पौष १५ गते २०८०

प्युठान । जिल्लाको प्युठान नगरपालिकामा नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी रुपान्तरण अभियान" घर घरमा माओवादी जनजनमा माओवादी" भन्ने मुल नाराको साथ भदौ १४ गते उद्घाटन गरी देशभर १६ गते देखी सञ्चालन गरेको अभियान आईतवार समापन भएको छ ।

कार्यक्रममा प्युठान नगरपालिकामा ३ महिनासम्म गरिएको महत्वपुर्ण काम तथा उपलब्धिहरु नगर कमिटी अध्यक्ष विष्णु योगीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। जसमा प्युठान नगरपालिका १० वटै वडाहरुमा गरिएका सामाजीक कार्य तथा उपलब्धिहरु भएका छन् l पाटी निर्माण अभियान अन्तर्गत युवाहरुलाई खेलकुद सामाग्री वितरण , विपन्न घरमा जस्तापाता वितरण , जनभेटघाट लगाएतका कार्रयक्रमहरु गरेको अभियानका ईन्चार्ज पार्टी केन्द्रिय सदस्य निर्मल आचार्य बताए।

नेकपा (माओवादी केन्द्र)प्युठान नगर कमिटीको आयोजनामा भएको समापन कार्यक्रममा जुम्री देखि बिजुवारसम्म ¥याली संगै सुरु भएको थियो । कार्यक्रमका प्रमुख अथिति रहनु भएका लुम्बिनी प्रदेशका अर्थमन्त्री एवं माओवादी नेता धनबहादुर मास्की (राजेश)ले लुम्बिनी प्रदेशमा रहेका बाह्र वटै जिल्लाका बिपन्न परिबार तथा निम्न आयश्रोत भएकाहरुलाई प्रदेश तथा स्थानीयतह हुदै वडा कार्यालयमा बजेट बिनोजन हुने बताउनु भएको हो । मन्त्रि मास्कीले स्वास्थ्य नै धन हो त्यसैले जनताको स्वास्थ्यको सुरक्षा गर्नु आफुको पहिलो लक्ष्य भएको धारणा राख्नु भएको थियो । सशस्त्र जनयुद्धमा घाईते , अपाङ्गाहरुलाई पनि स्वास्थ्य स्याहार खोल्ने योजनामा रहेको कानुनी कार्य बाकि रहेको बताउनु भएको थियो

कार्यक्रममा विशेष उपस्थिति रहनु भएका अभियानका प्युठान जिल्लाका संयोजक आर्चायले प्युठान नगरपालिकामा नेकपा माओवादी केन्द्रको जग बलियो रहेको र यसलाई व्यवस्थित लैजान आग्रह गर्नु भएको थियो । रुपान्तरण माओवादी अभियान प्युठान नगरपालिका विशेष रुपान्तर भएको समेत बताउनु भएको थियो । कार्यक्रममा १५० बढी व्यक्तिहरु अन्य पार्टी परित्याग गरि प्रवेश गरेका थिए।

नगर कमिटी अध्यक्ष विष्णु योगीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी संयोजक नमराज अधिकारी प्रदेश सदस्य ,जनवर्गीय संगठन , लगाएत एक हजार भन्दा बढिको उपस्थित रहेको थियो भने संचालन नगर कमिटीका सचीव सुमनराज श्रेष्ठले गर्नुभएको थियो ।


कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page