समय : १०:१३ am | शनिबार , श्रावण १२ गते २०८१

भूकम्पको धक्काले प्युठानका घर चर्किए

स्वर्गद्वारी अपडेट | कार्तिक १८ गते २०८०

प्युठान। जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ।

त्यस्तै प्युठानको विभिन्न ठाउँहरुमा घरहरु चर्किएको र केही घर भत्किएको जानकारी प्राप्त भएको छ। 

गएराति ११:४७ बजे जाजरकोट रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।सो भूकम्पको धक्का बाट बच्नको लागि भाग्न खोज्दा गौमुखी गाउँपालिकाका र माण्डवी गाउँपालिकाका एक एक जना  घाईते भएका छन्।ठुलाबेसी निवासी बसन्ता न्यौपाने र सिमलचौर निवासी  गोकर्ण नेपाली घाईते भएका थिए। सामान्य उपचार पछी बसन्ता न्यौपाने घर फर्किसकेको र थप उपचारको  गोकर्ण नेपाली बुटवल रिफर गरेको जिल्ला अस्पताल प्युठानले जनाएको छ।भूकम्पको धक्काले माण्डवी गाउँपालिका ,स्वर्गद्वारी नगरपालिका र गौमुखी गाउँपालिका घरहरु बढी क्षति भएको स्रोतले जनाएको छ । माण्डवी गाउँपालिका वडा ३ जस्पुरकोटमा भूकम्पले क्षति पुर्याएको घरमा अवलोकन गर्न वडा अध्यक्ष धनेन्द्र कार्की पुगेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page