समय : ०१:२० pm | शनिबार , श्रावण १२ गते २०८१

न्यु कक्षपति ट्रेडर्सबाट झण्डै साढे तिन लाखको म्याद नागेका बस्तुहरु बरामद

सन्तोष सुनार | कार्तिक १ गते २०८०


असोज १ गते प्यूठान। न्यु कक्षपति ट्रेडर्सबाट झण्डै साढे तिन लाख म्याद नागेका बस्तुहरुको बरामद गरिएको छ । जिल्लामा हिन्दु नेपालीका महान चाडहरु नजिकिदैँ गर्दा अनुगमनको कार्यलाई विशेष प्राथमिकता दिएको छ।चाड पर्वको समयमा खाद्यन्नलगायत मिठाइ, मासुजन्य समानहरुको अधिक माग हुने भएकोले मिसावट तथा कम गुणस्तरीय सामाग्रिको व्यापक प्रयोग हुन सक्ने सम्भावना अधिक हुने गर्दछ । त्यसलाई रोकी आम उपभोक्तालाई स्वस्थ्य गुणस्तरीय र सहुलीयत मुल्यमै उपभोक्तालाई दैनिक उपभोग्य बस्तुहरुको उपभोग गर्न पाउने गरी बजार अनुगमन भएको छ।

बुधवार प्यूठानको मुख्य बजार ईलाका प्यूठान नगरपालिका वडा नं–८ बाग्दुलास्थित न्यु कक्षपति ट्रेडर्सको गोदाममा जिल्ला स्थित बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत सरोज भण्डारीको आयेजनामा छापा मारी पिर्य पदार्थ र खाद्यवस्तुहरु गरेर ३ लाख ४६ हजार ५ सय ६ रुपैयाको म्याद नागेका वस्तुहरु बरामत गरिएको साना उधोग कार्यालयका सूचना अधिकारी चम्पक श्रेष्ठले स्वर्गद्वारी अपडेटलाई जानकारी बताएका छन् ।

छापा मार्दा जसमा १ लाख ५२ हजार ९ सय २५ रुपैको पेय पदार्थहरुमा आठ काटुन बियर , पेप्सी ,फेन्टा तथा कोक लगाएत र खाद्यबस्तुहरुमा हर्लिक्स , चाउचो , बिस्कुट, चियाँपत्ति गरी १ लाख ९३ हजार ५ सय ८१ रुपैयाको बरामत गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

अनुगमनको क्रममा साना ब्यापारीको पसलमा म्याद सकिएका सामानहरु भेटिएपछि मुख्य गोदाममा छापा मारिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताए। म्याद नागेका बस्तुहरु फिर्ता गर्छाै त व्यापरीले भनेका हुन तर म्याद नागेका बस्तुहरु तथा म्याद भएका सामानहरु एकै ठाउँमा भेटेको हुदा सामान बरामत गरिएको घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत सरोज भण्डारीले बताए ।

म्याद नागेका बस्तुहरु फिर्ता गर्नका लागी छुट्टै ठाउँहरुमा राखिएको भए फिर्ता गर्ने भन्ने आधार रहन्थियो उक्त नहुदा बरामत गरिैको हो , उनले भनेका छन । अनुगमनका क्रममा प्युठान नगरपालिकाका नगरप्रमुख बिष्णु यागी , उपप्रमुख देबेन्द्र बर्मा , झिमरुक गाउपालिकाका उपप्रमुख प्रमोद पोख्रेल, जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक इश्वर बहादुर थापा तथा सुरक्षा कर्मीहरु , पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

यस भदा केही समय अगाडि वडा नं–८ बाग्दुलास्थित सृजना अडर एण्ड सप्लार्यसको गोदामबबाट ईनर्जि ड्रिङ्क २ सय ५० मिलिलिटरका १ सय २१ कार्टुन,पेप्सि ज्ञ लिटरको ३३ कार्टुन,मेरिन्डा ज्ञ लिटरको २६ कार्टुन, मेरिन्डा आधालिटरको ५ कार्टुन, सोडा आधा लिटर, सेभेनअप ११ कार्टुन गरी २ लाख २० हजार ६ सय ४१ रुपैयाको पेय पदार्थ बरामत गरिएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page