समय : ०५:५५ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानका स्थानीय तहका कर्मचारी धर्नामा

स्वर्गद्वारी अपडेट | असाेज १९ गते २०८०

प्युठान।आफ्नो माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै आज (शुक्रबार) जिल्लाका नौ वटै स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनरत कर्मचारीहरूले पेन डाउन गर्दै पालिकाको कार्यालयमा धर्ना दिएका छन्।स्थानीय तहका कर्मचारीहरूले संघर्ष समिति बनाएरै आन्दोलन गर्दै आएका हुन्।आन्दोलित कर्मचारीहरूले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास , अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली , समायोजनका कर्मचारीको उचित व्यवस्थापन , उमेर हद र सेवा अवधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन , सेवा सुरक्षाको सुनिश्चितता कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीको छ ।

यस्तै, तीन वटै तहमा तहगत प्रणाली लागू गरिनुपर्ने,स्थानीय तहका कर्मचारीहरूलाई सेवा प्रवेश गरे लगतै सबै पदमा अनिवार्य सेवा प्रवेश र सेवाकालीन तालिमको व्यवस्था हुनुपर्ने ऐनमै समावेश हुनुपर्ने माग कर्मचारीहरूको छ।

आजदेखि ७ सय ५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गरेको आन्दोलनरत कर्मचारीहरुले बताएका हुन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page