समय : ०८:२० am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा रबि लामिछाने

स्वर्गद्वारी अपडेट | असाेज ५ गते २०८०

 ५ असोज, प्युठान।पार्टीको दस्तावेजका लागि जनगुनासो सुन्न राष्ट्रिय स्वतन्त्र पार्टीको सभापती रवी लामिछाने अहिले प्युठानको जस्पुरमा छन्।सो क्रममा लामिछानेले हामीले त्यति ठुला-ठुला भाषण र आश्वासन बाड्ने होईन जनताबाट चुनिएको मानिस मालिक हुन् सक्दैन त्यसैले नेता जनता जस्तो होस् भन्ने चाहाना राखेको बताए।उनले भने, ‘ परिवर्तन हामीले खोजेका छौ ,परिवर्तन खोजेर परिवर्तन –परिवर्तनको नारा मात्र लगाएर हुँदैन यदि हामीलाई कहिँ पुग्नु छ भने हामीले पाईला चाल्नु पर्छ ,पुग्ने सपना देखेर, सुतेर निदाएर बसेर होईन आफुले देखेको सपनालाई पुरा गर्न आँट,हिम्मत र साहस  जुटाउनुपर्नेछ त्यसैले वर्षौं देखी राजनितिक गरेका दल भन्दा आफु फरक रहेको बताए ।’जनयुद्ध लडेर जीवनस्तर परिवर्तनको आशा जगाएका नेताहरुले आफू र आफ्ना आसेपासे पोस्ने मात्र कार्य गरेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले दस्तावेज निर्माणको लागि जनताको आवाज सुन्ने पहिलो चरणको कार्यक्रम सुरु गरेको छ ।उक्त कार्यक्रम असोज ३ गतेदेखि ७ गतेसम्म चल्ने छ । जसका लागि पार्टीले १९ जना नेताहरुलाई १९ जिल्लाका बिभिन्न ठाउँहरुमा खटाएको छ।उनीहरुले जनताको आकांक्षालाई समेटेर दस्तावेज निर्माणको लागि सुझाव दिनेछन् र सोही अनुसारको दस्तावेज निर्माणको प्रक्रिया अघि बढ्ने छन्।माण्डवी गाउँपालिका वडा नम्बर ३ जस्पुर चोकमा कार्यक्रम सम्पन्न गरेको छ।

One thought on “प्युठानमा रबि लामिछाने

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page