समय : ०९:४३ am | शनिबार , श्रावण १२ गते २०८१

जस्पुरमा राष्ट्रिय संविधान दिवस भव्य मनाईयो

स्वर्गद्वारी अपडेट | असाेज ३ गते २०८०

३ असोज,प्युठान।माण्डवी गाउँपालिका वडा ३ ले संविधान दिवसको अवसरमा आज जस्पुरमा कार्यक्रम गरी दिप प्रज्वलन गरेको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ।संविधान दिवसको अवसरमा आज प्युठानका विभिन्न ठाउँहरुमा  कार्यक्रम आयोजना गरिएको छ।

उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष धनेन्द्र कार्कीले संबिधानले दिएका हेरक हक अधिकारहरु नेपालको नयाँ संविधान जारी भएको ८ वर्ष पुगेको अवसरमा नेपालीहरुको थप प्रगति समृद्धि तथा उज्यालो भविश्यको कामना गरेका थिए ।

सोही कार्यक्रममा सहादत प्राप्त गरेका ज्ञात अज्ञात सहिदहरुको संझनामा र्पुयाएको योगदानको बारेमा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष दिपक के.सीले प्रस्ट पारेका थिए  ।उनले भने –"संबिधान आवस्यकता अनुसार परिमार्जन हुदै जाने हो,हाम्रो संबिधान बिस्वकै उत्कृट रहेको उनले बताए।

माण्डवी गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत प्रकाश पाण्डेले कार्यक्रम आयोजना गरेका वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका थिए। उनले भने-'देशकै तिन तह  सरकार मध्ये जनताको नजिकको सरकार स्थानीय सरकार हो, नेपाली जनताको रक्षाका लागी बनाईएको संविधान गणतन्त्रात्मक संविधान बचाई राख्न हरेक बर्ष संविधान दिवस मनाएपनि हरेक जनताले यस संविधानको अनुभुती गर्न पाउँनुपर्ने बताएका थिए ।" कार्यक्रममा  ब्यवसायिहरु,तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page