समय : १२:३० am | सोमबार , मंसिर २३ गते २०८१

शैक्षिक समाग्री हस्तान्तरण गरी मनाए थापाले आफ्नो जन्मदिन

सन्तोष सुनार | भाद्र २४ गते २०८०

प्युठान । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाईलाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ तर केहीमा भने सामाजिक भावना पनि रहेको छ।

प्युठान जिल्लाका प्युठान नगरपालिका ८ बाग्दुलाका पृथ्वी कृषि संसारका व्यवस्थापक बासुदेव थापाले आईतवार आफ्नो जन्म दिनमा प्युठान न .पा .८ खप्रेङ्गखोलामा रहेको आदर्श आधारभुत बिद्यालयमा अध्ययनरत १८४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरी आफ्नो जन्मदिन मनाउनु भएको छ । शैक्षिक सामाग्रीमा विद्यार्थीलाई आवश्यक कपि कलम र अन्य शैक्षिक सामग्री रहेका छन । जन्म दिनमा हजार्रौं रुपैँया मादकपदार्थमा खर्चिनेहरुलाई पनि सामाजिक कार्यमा मन जाओस् र अध्ययन गर्ने विद्यार्थीलाई हौसला मिलोस् भन्ने उद्देश्यका साथ आफुले यो कार्य गरेको थापाको भनाई छ ।

विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुको शैक्षिक उन्नयनका लागि उहाँले गरेका कार्यले समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको विद्यालय स्रोतले जनाएको छ । शैक्षिक सामाग्री पाउदा विद्यार्थीको अनुहार हसिलो हुदै धेरै खुसि भएका थिए । सहयोगी तथा व्यवसायीक थापा सामाजिक कार्यमा निरन्तर रुपमा लागी रहनु भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्