प्यार अलि खान
श्रावण १४ गते। झिमरुक गाउँपालिका ( २ ले घरमै राष्ट्रिय परिचय पत्र वितरण गरेको छ।
वडा भित्रका जेष्ठ नागरिक, असक्त, अपाङ्ग नागरिकहरुलाई घरमै पुगि परिचय पत्र बनाउने काम गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी गराए।
वडा कार्यालयले यहि असार २६ गतेदेखि साउन ११ गतेसम्म वडा भित्रका ११ सय २६ जनाको राष्ट्रिय परिचय पत्र प्रविष्ट गरेको छ।
मेरुदण्ड भाँचिएका तथा पक्षघात भएका चुरा बहादुर खड्काले ओच्छ्यानमै राष्ट्रिय परिचय पत्रको काम भएकोमा खुशी व्यक्त गरे। वडा कार्यालयसम्म आउन नसक्नेहरूको हकमा कम्प्युटर अपरेटरलाई साथमा लिएर वडा अध्यक्ष पोख्रेल घरमै पुगि परिचय पत्र बनाउन सहयोग पुर्याएकोमा वृद्ध तथा वृद्धाहरु खुशी भएका छन्।
घरमै राष्ट्रिय परिचय पत्र








